नियम १४
थप विवरण माग्न सक्ने

(१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै संगठित संस्थाले धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिको लागि
दिएको निवेदन साथ संलग्न गरेको विवरण तथा कागजातहरूको जाँचबुझ गर्दा बोर्डले आवश्यक देखेमा अन्य थप विवरण तथा कागजात समेत माग गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम बोर्डले मागेको थप विवरण तथा कागजातहरू सम्बन्धित संगठित संस्थाले पेश नगरेसम्म त्यस्तो संगठित संस्थालाई धितोपत्र बजार सञ्चालन गर्ने अनुमति दिइने छैन ।